आइतबारदेखि मनाेनयन दर्ता, दलदहरूलाई उम्मेद्‍वार टुंग्याउनै सकस

दमौली : आगामी ३० वैशाखका लागि तय भएको स्थानीय तहको निर्वाचनका लागि सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्ष एमालेसहितका दलले उम्मेद्‍वारकाे टुंगाे लगाउन सकेका छैन ।निर्वाचन आयोगका अनुसार ११ वैशाखदेखि सुरु हुने मनाेनयन दर्ता हुनेछ ।

तर, सत्तारुढ पाँच दलीय गठबन्धनले महानगर र उपमहानगरपालिकाको भागवण्डा गरे पनि उम्मेद्‌वारकाे टुंगाे लगाउन अझै सकेका छैनन् भने प्रतिपक्ष एमाले १० वैशाख उम्मेद्‍वार टुंग्याउने घोषणा गरेको छ ।

नेपाली कांग्रेसले मुख्यत: महानगर र उपमहानगरमा उम्मेद्‌वार चयनका लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ भने एमालेले शनिबारको बैठकबाट निर्णय लिने भएको छ ।

हाललाई आन्तरिक छलफलमा रहेको जनाउँदै ११ वैशाखभित्रै निर्णय लिने गरी राजनीतिक दललाई दबाब बढ्दै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?