दमौली : गण्डकी प्रदेशका आन्तरिक मामिला तथा गृहमन्त्री डोबाटे विकले व्यवसाय सञ्चालन गर्दा व्यवसायीहरुले आफ्नो जिम्मेवारी र दायित्वमा बसेर व्यवसाय गर्न व्यवसायीहरुलाई आग्रह गरेका छन् ।
शनिबार तनहुँ सुनचाँदी व्यवसायी संघ द्वारा दमौलिमा आयोजित नववर्ष २०७९ सालको शुभकामना आदान प्रदान, भित्तेपात्रो विमोचन तथा व्यवसायीक परिचयपत्र वितरण कार्यक्रममा मन्त्री विकले आग्रह गरेका हुन् । मन्त्री विकले ‘प्रदेश सरकारले केकस्ता सहयोग गर्नुपर्ने छ, त्यसबारे प्रदेश सरकारसमक्ष आउनुहोस मैले मिल्ने र सक्ने जति सहयोग गर्न तयार छु,’ मन्त्री विकले भने ।
नेपाल सुनचाँदी व्यवसायी संघका पूर्व केन्द्रीय अध्यक्ष मोहन विकले राज्यलाई पहिलो प्राथमिकता दिएर व्यवसायीको बारेमा सोच्नुपर्ने बताएका थिए ।देशमा २० देखि २५ हजार व्यवसायी रहेको र त्यसमा २ लाख बढी कालिगडले रोजगारी पाएको जानकारी दिँदै विकले त्यसबाट २० लाख भन्दा बढी परिवार लाभान्वित भएको बताए ।
जिल्ला अध्यक्ष विनोद कुमार विक विकासको अध्यक्षतामा भएको कार्यक्रममा सुनचाँदी व्यवसायी महासंघका महासचिव केशरबहादुर सुनार, एसपी राजेन्द्रबाबू रेग्मी, घरेलुु कार्यालय प्रमुख नारायणप्रसाद ढकाल, तेजबहादुर विक, कृष्ण सुनार, पदम सुनार, पूर्णबहादुर विक, हरि गहतराज लगायतले मन्तव्य राखेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?