![](https://www.damaulionline.com/wp-content/uploads/2022/04/Untitled-2-Recovered-Recovered-Recovered-Recovered-Recovered-Recovered-Recovered-Recovered-Recovered-Recovered-Recovered-Recovered-Recovered-Recovered-29.jpg)
दमौली : तनहूँको व्यास नगरपालिकाको मेयर पदका उम्मेदवार दीपकराज जोशीले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन् ।आइतबार दमौली स्थित आफ्नो सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गर्दै जोशीले प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।
जोशीले आफ्नो प्रतिबद्धता पत्रमा नगरपालिकाका सामुदायिक विद्यालयको पूर्वाधार, गुणस्तर र वातावरणमा सुधार गनेर प्राविधिक शिक्षामा जोड दिने बताएका छन् ।
उनले नगरपालिकाभित्रकै स्रोतहरुको सही परिचालन, प्रयोग, पुनप्रयोग र पुनस्र्थापना सिद्धान्तमा आधारित चक्रीय प्रणाली अपनाएर नगरको विकास गरिने , सरकारी कार्यालयहरुका प्रभावकारी डेस्क स्थापना गर्ने बताएका छन् ।
स्थानीय खेलाडीहरुलाई विद्यालयदेखि वडा तहमा तालिम दिने युवावर्ग लक्षित कलासस्कृति , गीतसंगीत , पयर्टन र अर्थशास्त्रलाई प्रत्यक्ष प्रवर्द्धन गर्न अन्तर्राष्ट्रिय ई–स्पोर्ट्स खेलाडीहरुलाई आकर्षण गर्न अन्तर्राष्ट्रिय ई–स्पोर्ट्स आयोजना गरिने, अन्तर्राष्ट्रिय खेलकुद क्लबहरूसँग सहकार्य गर्दै युवा लिगको आयोजना गर्ने लगायतका प्रतिवद्धता जनाएका छन् ।
त्यस्तै जोशीले तनहुँको सांस्कृतिक महत्त्वका दरै , बोटे ,मगर ,नेवार र गुरुङको सास्कृति संरक्षक गर्नका लागि एकेडेमी संचालन गरिने बताएका छन् ।
नेकपा एमालेको समर्थनमा मेयर उम्मेदवार बनेका जोशीले नगरपालिकालाई केवल नारामा मात्र नभईकन व्यवहारमै सुव्यवस्थित, समुन्नत र सुन्दर नगरपालिका बनाइने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?