यी हुन् तनहुँमा एमालेका उम्मेदवारहरु, कहाँ-को ? (नामावली सहित)

दमौली : नेकपा एमाले तनहुँले जिल्लाका अधिकांश पालिकामा वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी टुंगो लगाएको छ । नेकपा एमाले तनहुँले चार नगरपालिका र छ गाउँपालिकामा उम्मेदवार टुङ्गो लगाएको हो ।

एमालेले व्यास नगरपालिकाको उपप्रमुखमा बसुन्धरा घर्ती, देवघाट गाउँपालिकाको अध्यक्षमा दुर्गबहादुर थापा, उपाध्यक्षमा सावित्री न्यौपाने, आँबुखैरेनी गाउँपालिकाको अध्यक्षमा ऋषि केसी, बन्दीपुर गाउँपालिकाको अध्यक्षमा सुरेन्द्र थापा, भानु नगरपालिकाको प्रमुखमा सीताराम बजगाइँ, म्याग्दे गाउँपालिकाको अध्यक्षमा श्रीप्रसाद श्रेष्ठ, उपाध्यक्षमा रत्ना घिमिरे, शुक्लागण्डकी नगरपालिकाको प्रमुखमा मुक्ति तिमिल्सिना, उपप्रमुखमा फूलमाया वाग्ले, भिमाद नगरपालिकाको प्रमुखमा दधिराज सुवेदी, उपप्रमुखमा शारदा खनाल, ऋषिङ गाउँपालिकाको अध्यक्षमा हरिराज कंडेल, घिरिङ गाउँपालिकाको अध्यक्षमा होमबहादुर थापा र उपाध्यक्षमा राधा अधिकारी उम्मेदवार चयन भएका छन् ।

व्यास नगरपालिकाको प्रमुखमा एमालेको समर्थनमा जोशी समूहबाट दीपकराज जोशी उम्मेदवार बन्ने भएका छन् । आँबुखैरेनीको उपाध्यक्ष, बन्दीपुरको उपाध्यक्ष, भानुको उपप्रमुख जोशी समूहलाई छाडिएको छ ।

नामावलीहरु : 

१) देवघाट

अध्यक्ष – दुर्गबहादुर थापा
उपाध्यक्ष – सावित्री न्यौपाने

२) आबुखैरेनी

अध्यक्ष – ऋषी केसी
उपाध्यक्ष – (जोशी समूह)

३) बन्दिपुर

अध्यक्ष – सुरेन्द्र थापा
उपाध्यक्ष – (जोशी समूह)

४) भानु

मेयर-सीताराम बजगाई
उपमेयर- (जोशी समूह)

५) व्यास

मेयर- जोशी समूह
उपमेयर- बसुन्धरा घर्ती

६) म्याग्दे

अध्यक्ष- श्रीप्रसाद श्रेष्ठ
उपाध्यक्ष – रत्ना घिमिरे

७) शुक्लागण्डकी

मेयर- मुक्ति तिमिल्सिना
उपमेयर- फुलमाया वाग्ले

८) भिमाद

मेयर- दधिराज सुवेदी
उपमेयर- शारदा खनाल

९) ऋषिङ

अध्यक्ष – हरिराज कडेंल
उपाध्यक्ष –

१०) घिरिङ

अध्यक्ष – होमबहादुर थापा
उपाध्यक्ष – राधा अधिकारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?