दमौली : तनहुँको व्यास नगरपालिकाको मेयरमा वृषराज श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन् । व्यास-२ निवासी श्रेष्ठले कांग्रेसबाट टिकट नपाएको भन्दै सोमबार स्वतन्त्रबाट मेयरमा उम्मेदवारी दर्ता गरेका हुन् ।
श्रेष्ठ नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य एवं दमौली खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष हुन् ।
यसैगरी व्यास-२ को वडाध्यक्षमा स्वतन्त्रबाट राजकुमार श्रेष्ठ (राकु) को उम्मेदवारी परेको छ।
राकु उद्योग वाणिज्य महासंघ दमौली बजार इकाई समितिका पुर्व सभापति हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?