
दमौली : तनहुँको व्यास नगरपालिकामा दुई जना मेयरको उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् । नेकपा एकीकृत समाजवादीका तर्फबाट मेयरका उम्मेदवार शंकरनारायण श्रेष्ठ र स्वतन्त्र रुपमा मेयरमा उम्मेदवारी दिएका वृषराज श्रेष्ठले पनि उम्मेदवारी फिर्ता लिएका हुन् ।
व्यास नगरपालिकामा १८ जनाले उम्मेदवारी फिर्ता लिएको सहायक निर्वाचन अधिकृत कृष्ण गौतमले जानकारी दिए । नेकपा एसले व्यास-२ का वडाध्यक्षमा राजकुमार श्रेष्ठलाई समर्थन गर्ने बताएको छ। नेकपा एसका वडाध्यक्षका उम्मेदवार प्रेमकुमार श्रेष्ठले उम्मेदवारी फिर्ता गरेका छन् ।
यसैगरी राप्रपाबाट वडा नं. १ मा उमेदवार भएका बालसुर थापा, विवेकशिल साझाबाट नन्दबहादुर थापा, वडा नं. ३ का स्वतन्त्र उमेदवार रविन पौडेल, नेकपा एस का वडा नं. ५ का उमेदवार रामलाल श्रेष्ठ, व्यास १० का स्वतन्त्र उमेदवार रवि मिश्र, नेकपा (माके)का व्यास ११ का उमेदवार आईतबहादुर दमै रहेको छ ।
त्यसैगरि सदस्यहरुमा नेकपा एस् का व्यास -२ बाट सपना श्रेष्ठ , व्यास- ३ बाट जेर्मी कुमार मुल्मी , व्यास -३ बाट बिष्णु पराजुली ,व्यास -१३ बाट गजेन्द्र पन्थ , व्यास -८ का नेकपा ( माके) बाट रामजी पौडेल, व्यास -१३ बाट रामबहादुर श्रेत्री, जसपा बाट व्यास -३ का बुद्धसिं थापा र स्वतन्त्र उमेदवार व्यास ३ बाट ओमराज श्रेष्ठ रहेको छ ।
व्यासमा नेकपा एस र नेकपा माओवादी केन्द्रबीच गठबन्धन बनेको छ । तर व्यासमा माओवादी केन्द्रका तर्फबाट उपमेयरको उम्मेदवारी फिर्ता भएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?