बन्दिपुरमा १२ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिए

बन्दिपुर : तनहुँकाे बन्दिपुर गापामा पालिका अध्यक्षका उम्मेदवार मानकाजी श्रेष्ठ लगाएत १२ जनाले उम्मेदवारी फिर्ताका लागि निवेदन दिएका छन् । काँग्रेस नेता श्रेष्ठले उम्मेदवारी फिर्ता गर्नै पर्ने अवस्था सृजना भएका कारण उम्मेदवारी फिर्ता लिएकाे बताए ।
त्यसैगरी पालिकाका अर्का स्वतन्त्र उम्मेदवार केशव अधिकारीले समेत उम्मेदवारी फिर्ता लिएकाे छ ।
 त्यस्तै नेकपा एमालेबाट उपाध्यक्षमा उम्मेदवारी दिएकाे फूलमती थापाले उम्मेदवारी फिर्ता लिएकाे छ । थापा पार्टी एमालेले जाेशी समूहबाट स्वतन्त्र उम्मेदवार केशमाया गुरुङ केशुलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिईएकाे पार्टी स्राेतले जनाएकाे छ भने स्वतन्त्रबाट उम्मेदवारी दिएकी लक्ष्मी गाैतमले पनि उम्मेदवारी फिर्ता लिएकाे छ ।
उम्मेदवारी फिर्ताका गर्नेमा वडा नं १ बाट वडाअध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने दान बहादुर खड्का, २ काे वडा अध्यक्षमा स्वतन्त्रबाट उम्मेदवारी दिने नारायण खड्का, राजु पाैडेल, डिल बहादुर बानिया र ध्रुब खत्री, वडा नं ३ काे वडा अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने बिराट केसी , वडा नं २ मा वडा सदस्यका लागि उम्मेदवारी दिने राजु बिक्रम भण्डारी र निखिल राेकाले पनि उम्मेदवारी  निर्वाचन कार्यालय बन्दिपुरका प्रमुख विश्वबन्धु पाैडेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?