ऋषिङ १ झापुटारमा काँग्रेसको चुनावी सम्पर्क कार्यालयको स्थापना

ऋषिङ : बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरि  ऋषिङ -१ झापुटारमा नेपाली कांग्रेस  ऋषिङ गाउँपालिकाले  निर्वाचन सम्पर्क कार्यालयको स्थापना गरिएको छ ।
कार्यक्रमका प्रमुख अथिति  नेपाली कांग्रेसका प्रदेश प्रतिनिधि पदम बहादुर थापाले पार्टीका अधिकारिक उमेदवारलाई जिताउन  हाम्रो जिम्मेवारी रहेको बताए ।
त्यसैगरी  गाउँपालिका अध्यक्षका  उम्मेदवार राजेन्द्रकृष्ण श्रेष्ठले  पहिलो कार्यकाल पुरा गर्न नसकेको काम सम्पन्न गर्नका लागि आफुले उम्मेदवारी दिएको जनाए । गाउँपालिका  बेरूजु अति भन्दा अति न्यून रहनु , भाैतिक पुर्वाधारमा तिव्र गति लिनु , स्वास्थ्य ,खानेपानी , बाटाेघाटाे , शिक्षाको क्षेत्रमा काम गर्नु आफ्ना उपलब्धि रहेको भन्दै श्रेष्ठले बाँकी रहेको काम पूरा गर्नका लागि उमेदवार बनेर आएकाे बताए ।
त्यस्तै गाउँपालिकाका पार्टी उपसभापति श्री बहादुर आले हाम्रो पार्टीलाई जिताउन लागि आफु लागिरहेको बताए । ऋषिङ १ मा कांग्रेसबाट  वडाअध्यक्षको उम्मेदवार खिम बहादुर थापा रहेका छन भने वडा सदस्यमा सबिना राना, आशा नेपाली ,धन बहादुर आले , भिम बहदुर थापा  उम्मेदवार रहेका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?