ऋषिङमा घरदैलो अभियानमा तिव्र

दमौली : तनहुँको  ऋषिङ गाउँपालिकामा नेपाली काँग्रेसबाट अध्यक्षको उम्मेदवार  भएका राजेन्द्रकृण्ण श्रेष्ठ घरघरमा पुगि भोट माग्न व्यस्त भएको छ। आशन्न स्थानिय तहको निर्वाचनका लागि उम्मेदवारहरुले घरदैलो अभियानलाई तिव्र पारेका हुन्।
कांग्रेसको तर्फबाट गाउँपालिका अध्यक्षका उमेदवार  राजेन्द्रकृष्ण श्रेष्ठ, उपाध्यक्ष गिनु माया थापा लगाएत बिभिन्न वडाका वडा अध्यक्ष, सदस्य सहित संयौ कार्यकर्ता सहित उम्मेदवारहरु भोट माग्न व्यस्त रहेका छन्।
सोमवार ऋषिङ गाउँपालिकाको  कोईदिम देखि धारुङ सम्म घरदैलो अभियान संचालन गर्ने स्रोतले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?