तनहुँ कांग्रेसको निर्देशन : बागी उम्मेदवारका पक्षमा प्रचार नगर्नु

दमौली : नेपाली कांग्रेस तनहुँले पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध कुनै पनि किसिमको सहयोग नगर्न कार्यकर्तालाई निर्देशन दिएको छ । जिल्ला सभापति जितप्रकाश आलेको सभापतित्वमा मंगलबार बसेको बैठकले बागी उम्मेदवारको पक्षमा प्रचारप्रसारमा संलग्न नहुन निर्देशन दिएको हो ।

बैठकले स्वतन्त्र उम्मेद्वारी दिएका पार्टी सदस्यलाई मौन अवधिअघि नै आफ्नो उम्मेदवारी फिर्ता लिएर पार्टी उम्मेदवार लाई सहयोग गर्न अनुरोध गर्ने निर्णय पनि गरेको सचिव लक्ष्मीभक्त खनालले बताएका छन्  । साथै कांग्रेसले समर्थन गरेको गठबन्धनको उमेदवारको विरुद्धमा समेत नलाग्न निर्देशन दिइएकाे खनालले बताए ।

जिल्लाको विभिन्न विभिन्न तहमा नगर, उपप्रमुख तथा वडाका पदहरुमा बागी उम्मेदवारी परेको छ । कांग्रेसले उनीहरु आक्रामक चुनावी प्रचारमा रहेका बेला यस्तो अनुरोध हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?