चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा तनहुँ आउने

दमाैली : वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस तनहुँले दमौलीमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने भएको छ । वैशाख २४ गते आयोजना हुने सभालाई सम्बोधन गर्न लागि  कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवा तनहुँ आउन लागेका हुन् ।

सभालाई नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रवक्ता डा. प्रकाशशरण महतले समेत सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले बताएका छन्  ।

स्थानीय तह निर्वाचनलक्षित गरी पार्टीले देशैभर तय गरेको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीसमेत रहेका देउवा शनिबार दमौली आउन लागेको उनका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?