एआईजी पोखरेलले दर्ता गरेको रिटमा आज सुनुवाइ हुँदै

काठमाण्डाै :  नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक धिरजप्रताप सिंहको नियुक्ति बदरको माग गर्दै एआईजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा दर्ता गरेको रिटको आज सुनुवाइ हुँदैछ ।

एआईजी पोखरेलले वरिष्ठता र ज्येष्ठता मिचेर कनिष्ठलाई आईजीपी बनाएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेको  थियो । उनले सरकारको निर्णयविरुद्ध अन्तरिम आदेशको माग गरेको छ ।

वैशाख १८ गते बसेको मन्त्रीपरिषद्ले सिंहलाई आईजीपीमा नियुक्ति गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?