चितवन : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली काँग्रेसको प्रतिस्पर्धी नेकपा (एमाले) भएको बताएको छ । बिहिवार चितवनमा आयोजित पाँच दलीय गठबन्धनको आमसभालाई सम्बोधन गर्दै पौडेलले नेकपा (माओवादी केन्द्र) काँग्रेसको प्रतिस्पर्धी नभएको बताभएको हो ।
“माओवादी केन्द्रसँग सहकार्य गर्नु पार्टीको आवश्यकता छ”,पौडेलले भने , “पार्टी सभापति शेरबहादुर देउवाले भन्दा पहिला मैले गठबन्धनको प्रस्ताव गरेको हुँ ।”
वरिष्ठ नेता पौडेलले एमालेसहितका दलका गठबन्धन प्रतिक्रियावादी भएको आरोप लगाउँदै आफूहरूको गठबन्धनलाई प्रगतिशील भएको बताए । “संविधानले नै गठबन्धनबाट सरकार बनाउन सक्ने गरी व्यवस्था गरेको छ”, उनले भने , “अरूसँग गठबन्धन गर्नुभन्दा माओवादीसहितका दलहरूसँग गठबन्धन गर्नु उपयुक्त हुन्छ ।”
वरिष्ठ नेता पौडेलले गठबन्धनका कारण सङ्घीय र प्रदेशमा सरकार बनेको भन्दै स्थानीय तहमा पनि गठबन्धनले जित्नुपर्नेमा जोड दिनुभयो । उहाँले संसदीय निर्वाचनसम्म पनि गठबन्धन हुने दाबी पनि गरे ।
गठबन्धनको माध्यमबाट बिपीको सपना साकार हुने बताउँदै उहाँले भरतपुर महानगरलाई काँचुली फेर्ने गरी विकास गर्न गठबन्धन आवश्यक भएको उल्लेख गरेका छन् ।
रेडियो नेपाल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?