
ऋषिङ : तनहुँको ऋषिङ गाउँपालिकाका स्वतन्त्रबाट अध्यक्षका उम्मेदवार श्रीराम आले ‘सास्ती हैन, सुविधाका लागि, स्वार्थी हैन इमानदारिताका लागि’ भन्दै घरदैलोमा व्यस्त छन् । विभिन्न वडामा घरदैलोका क्रममा आलेले मतदाताहरुको समस्या बुझ्दै आएको छ ।
मतदाताले आफ्नो क्षेत्रमा भोग्नुपरेका समस्या, गाउँपालिका र वडाले दिने सेवासुविधा सहज र जनमुखी कसरी बनाउन सकिन्छ भनी उनीहरुले सुझावसमेत संकलन गरेका छन्। घरदैलोमा मत माग्नुका साथ उम्मेदवारले पालिकामा निर्वाचित भएपछि प्राथमिकतामा राख्नुपर्ने काम के–के हुन् भनी मतदातासँग प्रत्यक्ष सुझाव संकलन समेत गरेका थिए । आफ्नौ घरदैलोमा आइपुगेका उम्मेदवारलाई स्थानीयले जीतको शुभकामना दिएका थिए ।
अध्यक्षका उम्मेदवार आलेले घरदैलेमा पुग्दा मतदाताबाट पाएको स्वागत, सत्कार, आत्मीयता र माया नै जीतको आधार रहेको बताए । उनले स्थानीय तहले ग्रामीण भेगकालाइ सास्ती दिएको बताउदै उनले अहिलेको नेतृत्व जनताको सेवक नभइ शासक रहेको समेत आरोप लगाए ।
गाउँपालिकामा काम गर्नको उम्मेदवारी दिएको बताउदै उनले ऋषिङमा नेतृत्व परिवर्तनको आवश्यक रहेको समेत बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?