ऋषिङ : तनहुँको ऋषिङ गाउँपालिकाको अध्यक्ष पदका स्वतन्त्र उमेदवार श्रीराम आले मगरले ऋषिङ गाउँपालिकाको विकास गर्नको लागि पार्टी होइन नेतृत्व परिवर्तन हुनुपर्ने बताएका छन् । शनिवार वडा ५ मा घरदैलो कार्यक्रममा सहभागी हुदै उक्त कुरा बताएका हुन् ।
‘ऋषिङ गाउँपालिका बासीले मलाई नेताको रुपमा नहेरिकन सेवकको रुपमा ऋषिङ गाउँपालिकाको अध्यक्ष पदमा विजयी गराईदिनु ‘ उनले भने ;”आफुले पाउने सम्पुर्ण तलब भत्ता एक देखि आठ नम्बर वडा सम्मका गरिब, जेहेन्दार, असाय, अशक्त र विपदमा परेका व्यक्तिहरुलाई पालैपालो सहयोग गर्ने छौ ।”
आज पार्टीको आडमा हुने गरेको निरंकुश, एकाधिकार र तानाशाही प्रवृत्तिको अन्त्य गरि कृषि र पर्यटन क्षेत्रको सम्बर्द्धन र विकास गरि समृद्ध रिसिङ स्थापना गर्नको लागि ऋषिङ बासी जनसमुदायले विश्वास गरेर जिताउनु भयो भने ऋषिङ गाउँपालिकाको विकास गर्नको लागि आफ्नो तर्फबाट कुनै पनि कसुर बाँकी नराख्ने उनले बताए।
पहिलो स्थानीय निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट टिकट पाएर पालिका प्रमुखमा विजयी भएका राजेन्द्र कृष्ण श्रेष्ठलाई यसपालि पनि नेपाली कांग्रेसले पुनः दोहोर्याएर टिकट दिए पछि कांग्रेसकै प्रदेश सदस्य श्रीराम आले मगरले स्वतन्त्र बाट उम्मेद्बारी दिएपछि कांग्रेसमै दुईधार भएर आ-आफ्नो तर्फबाट व्यापक प्रचारप्रसारमा जुटेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?