उपमेयरका उम्मेद्वार लम्साल कांग्रेसमा प्रवेश – Damauli Online News
Skip

उपमेयरका उम्मेद्वार लम्साल कांग्रेसमा प्रवेश

दमौली : तनहुँको  शुक्लागण्डकी नगरपालिकामा उपमेयरका एक जना उम्मेद्वार नेपाली कांग्रेस प्रवेश गरेका छन् । उपमेयर पदमा नेपाल कम्युनिष्ट पार्टी (माक्सवादी,लेनिनवादी ) बाट  उम्मेद्वारी दिएका शिवप्रसाद लम्साल सोमबार नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।

लम्सालले अब आफ्नो उम्मेदवारी कायम नरहने र गठबन्धन टिमलाई समर्थन गर्ने बताए । उनलाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टी प्रवेश गराएका हुन् ।

नेता पौडेलले नेपाली समाजमा समृद्धिको नेतृत्व अब काँग्रेसले मात्र गर्न सक्ने बताए ।

error: Content is protected !!