काठमाण्डाै : १३ औँ दक्षिण एसियाली खेलकुद सागमा स्वर्ण पदक विजेता सञ्जु चौधरी मृत भेटिएकी छिन् ।
एसियाली खेलकुदको तयारीका क्रममा रहेकी सञ्जु ललितपुरको महालक्ष्मी नगरपालिका–९ लुभुमा मृत भेटिएकी ललितपुरका प्रहरी उपरीक्षक (एसपी) सिद्धीविक्रम शाहले जानकारी दिए ।
घटनाबारे अनुसन्धान भइरहेको उनले जनाएको छ ।
बाँके राप्ती सोनारी गाँउपालिकाकी स्थायी बासिन्दा सञ्जुले १३ औँ सागमा भारोत्तोलनमा स्वर्ण पदक जितेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?