दमाैली : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तनहुँको व्यास नगरपालिका–४ स्थित मदर्सा आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका छन् ।
मतदान पछि सञ्चारकर्मीसँग् कुरा गर्दै मन्त्री श्रेष्ठले जनप्रतिनिधिहरु प्रशासक नभई जनताको सेवकको रुपमा रहनुपर्ने बताए। आजको महत्वपूर्ण दिनमा उत्साहपूर्ण रुपमा मतदानमा सहभागी हुन मन्त्री श्रेष्ठले आम जनतालाई आग्रह गरे।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?