
दमौली : तनहुँको व्यास नगरपालिका-८ रिस्तीस्थित मतदान अवलोकनका क्रममा कांग्रेस कार्यकर्ताको आक्रमणमा परी घाइते भएका दीपकराज जोशीलाई थप उपचारको लागि काठमाडौं लैजाने भएको छ ।
मतदान केन्द्र निरीक्षणका लागि पुगेका उनीमाथि कांग्रेस कार्यकर्ताले कुटपिट गरेका थिए । टाउकोमा गहिरो चोट लागेको उनको फिस्टेल अस्पतालमा उपचार भएको थियो ।
थप उपचारको लागि काठमाडौंस्थित फ्रन्टलाइन अस्पतालमा नयाँ बानेश्वरमा लैजाने तयारी गरेको उनका बाबु गोविन्दराज जोशीको सामजिक संजालमा उल्लेख गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?