दमौली : तनहुँको बन्दीपुर गाउँपालिकामा माओवादी केन्द्र अगाडी देखिएको छ । वडा नम्बर १ र ४ को एक हजार २०० मतगणना हुदाँसम्म अध्यक्ष उपाध्यक्षमा माओवादीको अग्रता छ । माओवादीबाट अध्यक्षका उम्मेद्वार पुर्णसिं थापाले ४१५ र उपाध्यक्ष करुण गुरुङले ३८३ मत पाएकी छन् ।
नेकपा एमालेका अध्यक्षका उम्मेद्वार सुरेन्द्रबहादुर थापाले ३५० मत पाएका छन् । जोशी समुहबाट स्वतन्त्र उपाध्यक्षमा स्वतन्त्र उम्मेद्वारी दिएकी केशमाया गुरुङले १८४ मत पाएकी छन् । यहाँ एमालेले कांग्रेसबाट कारबाहीमा परेका पुर्व सहमहामन्त्री गोविन्दराज जोशी समुहसँग तालमेल गरेका छन् ।
नेपाली कांग्रेसका अध्यक्षका उम्मेद्वार धुर्वलाल प्रधानले ३२४ र उपाध्यक्षकी उम्मेद्वार पञ्चमाया गुरुङले ३८२ मत पाएकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?