ऋषिङ गाउँपालिकामा मतगणना सुरु

ऋषिङ : तनहुँको ऋषिङ गाउँपालिकामा मतगणना सुरु भएको छ । सर्वदलीय बैठकले मतगणना सुरु गर्ने सहमति पछि वडा न . २ बाट  सुरु भएको नेपाली काँग्रेस, प्रदेशसभा क्षेत्र नं. २(२) का सभापति इन्द्रबहादुर आलेले जानकारी दिएका छन् ।

ऋषिङमा १८ हजार २ सय ३८ मध्ये १० हजार ६ सय ६२ मत खसेको छ।

अध्यक्षका उम्मेदवारहरु कांग्रेसका राजेन्द्रकृष्ण श्रेष्ठ, एमालेका हरिराज कँडेल तथा स्वतन्त्र श्रीराम आलेसहितको बैठक पछि अब बिहान १० बजेपछि गन्ने सहमति भएको थियो  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?