म्याग्दे–२ काे वडाध्यक्षमा काङ्ग्रेसका क्षेत्री निर्वाचित

दमौली : तनहुँको म्याग्दे गाउँपालिका–२ को वडाध्यक्षमा नेपाली काङ्ग्रेसका शिवबहादुर क्षेत्री निर्वाचित भएका छन् । शनिबार राति सम्पन्न मतपरिणाम अनुसार ८८९ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।

उनका  प्रतिस्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ८७५ मत प्राप्त गरे ।

सदस्यमा नेपाली काङ्ग्रेसका रमेश क्षेत्री ८९४, नेकपा एमालेका महेन्दबहादुर रानाभाट ८३५, महिला सदस्यमा नेपाली काङ्ग्रेसका सीता कुमाल ८८९ र दलित महिला सदस्यमा नेपाली काङ्ग्रेसकै कल्पना परियार ८३९ मत प्राप्त गरी निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?