देवघाट–२ मा काङ्ग्रेसको प्यानलबाट राना विजयी

दमौली : तनहुँको देवघाट गाउँपालिका–२ मा नेपाली काङ्ग्रेसको प्यानलबाट वडाध्यक्षमा मिनबहादुर राना विजयी भएको छ ।  राना ८ सय ५८ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका हिराबहादुर थापा मगरले ६ सय ७५ मत प्राप्त गरे

त्यसैगरी  महिला सदस्यमा हुममाया खाँणले आठ सय २०, दलित महिला सदसयमा बालकुमारी परियारले सात सय छ, खुल्ला सदस्यमा पोलबहादुर आलेले सात सय ८६ र यामबहादुर मगरले आठ सय १८ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?