दमौली : तनहुँको म्याग्दे गाउँपालिका–४ मा नेपाली काङ्ग्रेसको प्यानलबाट वडाध्यक्षमा दीपककुमार श्रेष्ठ विजयी भएको छ ।
श्रेष्ठले १ हजार ३८ मत प्राप्त गरी विजयी भएका भने उनका प्रतिस्पर्धी नेकपा एमालेका ज्योतिकुमार श्रेष्ठले तीन सय ३२ मत प्राप्त गरेका छन् । यस्तै नेकपा माओवादी केन्द्रका राजु रानाले एक सय ८७ मत प्राप्त गरे ।
खुल्ला सदस्यमा डोलबहादुर सुनारले आठ सय १२, बमबहादुर मस्राङ्गीले सात सय ९७, महिला सदस्यमा बद्रीका भट्टराईले नौ सय २५ र दलित महिला सदस्यमा श्रीमाया नेपालीले नौ सय आठ मत प्राप्त गरेकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?