८ मतान्तरले आँबुखैरेनी–५ को वडाध्यक्षमा माओवादी विजयी

दमौली : तनहुँको आँबुखैरेनी गाउँपालिका–५ को वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका सन्तोष गुरुङ आठ मतान्तरले   विजयी भएका छन् । यस वडामा एमालेका दुई सदस्य,  माओवादीका एक सदस्य र नेपाली काङ्ग्रेसका एक सदस्यले  जितेको छ ।

गुरुङले २ सय ८८ मत प्राप्त गरेका छन् भने  प्रतिस्पर्धी नेकपा एमालेका चित्रबहादुर आले मगरले २ सय ८० मत प्राप्त गरेका हुन् ।

खुल्ला सदस्यमा नेकपा माओवादीका भिमबहादुर गुरुङ दुई सय ७२, नेपाली काङ्ग्रेसका लक्ष्मण गुरुङ दुई सय ६९, महिला सदस्यमा एमालेकी मनकौरी गुरुङ र दलित महिला सदस्यमा एमालेकै सुकमाया कामी निर्वाचित भएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?