दमौली : तनहुँको आँबुखैरेनी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (माओवादी) केन्द्र विजयी भएको छ । गाउँपालिकाको अध्यक्षमा शुक्र चुमान र उपाध्यक्षमा दुर्गा अर्याल विजयी भएका हुन् ।
अध्यक्ष चुमान तीन हजार नौ सय ४० मत प्राप्त गरी विजयी भए भने उनका प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका गिरबहादुर थापाले दुई हजार दुई सय ३० मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा अर्याल दुई हजार आठ सय ४८ मत प्राप्त गरी विजयी भए उनकी प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका पवित्रा गौलीले दुई हजार एक सय ८३ मत प्राप्त गरे।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?