
दमौली : तनहुँको बन्दीपुर गाउँपालिकाको अध्यक्षमा एमालेका सुरेन्द्र थापा र उपाध्यक्षमा नेपाली काङ्ग्रेसका पञ्चमाया गुरुङ विजयी भएका छन्।
अध्यक्षमा विजयी थापाले ३ हजार दुई सय २९ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी नेकपा (माओवादी) केन्द्रका पूर्णसिं थापाले ३ हजार १ सय ६६ मत प्राप्त गरे ।
उपाध्यक्षमा विजयी गुरुङले ३ हजार २७ मत प्राप्त गरिन् भने उनकी प्रतिस्पर्धी नेकपा (माओवादी) केन्द्रका करुणा गुरुङले ३ हजार २५ मत प्राप्त गरिन।
गाउँपालिकाको अध्यक्षमा ६३ र उपाध्यक्षमा दुई मतको अन्तर परेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?