बेसीशहर : लमजुङको बेसीशहर नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले विजयी भएको छ । मेयरमा गुमानसिंह अर्याल र उपमेयरमा पदमा गुरुङ निर्वाचित भएका हुन् ।
अर्यालले ९ हजार ४ सय ७९ मत ल्याएर मेयरमा निर्वाचित हुँदा उनका प्रतिद्वन्दी नेपाली कांग्रेसका श्रीकान्त घिमिरेले ७ हजार ४ सय ७१ मत ल्याए । २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि अर्याल मेयरमा निर्वाचित भएका थिए ।
उपमेयरमा निर्वाचित गुरुङले ८ हजार ७ सय १४ मत ल्याएर निर्वाचित हुँदा उनको निकटतम् प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका हरिजङ तामाङले ४ हजार ६ सय ९९ मत ल्याए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?