व्यास–८ मा भोलि सवारी साधन सञ्चालनमा रोक

दमाैली :  व्यास नगरपालिका–८ मा भोलि सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । निर्वाचन आयोगको वैशाख ३१ गतेको निर्णय बमोजिम व्यास–८ को दुई वटा मतदान केन्द्रमा पुनः मतदान हुने भएपछि जिल्ला प्रशासन कार्यालयले उक्त वडाभित्र भोलि  सवारी साधन सञ्चालनमा रोक लगाइएको हो ।

उक्त दिन उक्त वडाभित्र अनुमति प्राप्त सवारी साधन, कुटनीतिक नियोगका सवारी साधन र अत्यावश्यक सेवामा प्रयोग हुने सवारी साधन बाहेक अन्य सबै प्रकारका सवारी साधनहरु बिहान ५ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि पूर्ण रोक लगाइएको प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जानकारी दिए।

वैशाख ३० गते मतदानका लागि उक्त वडामा प्रमुखका उम्मेदवार दीपकराज जोशीमाथि कुटपिट भएपछि निर्वाचन आयोगले मतदान रद्द गरी जेठ ४ गते गाविस भवन (क) र (ख) मतदान केन्द्रमा पुनः मतदान गर्ने निर्णय भएको छ ।

फाइल तस्वीर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?