ऋषिङ–८ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार श्रेष्ठ विजयी

ऋषिङ : तनहुँको  ऋषिङ गाउँपालिका–८ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार भरतकृष्ण श्रेष्ठ विजयी भएका छन् ।

श्रेष्ठले ३ सय ९७ मत प्राप्त गरी श्रेष्ठ वडाध्यक्षमा विजयी भए भने उनका प्रतिस्पर्धी नेकपा एमालेका रितबहादुर थापा मगरले ३ सय ८० मत प्राप्त गरेका छन् । नेपाली काङ्ग्रेसका दानबहादुर श्रेष्ठले ३ सय २७ मत प्राप्त गरे ।

महिला सदस्यमा नेपाली काङ्ग्रेसका विष्णुमाया थापाले ४ सय ५३, दलित महिला सदस्यमा काङ्ग्रेसकै खिलमाया विकले ४ सय ४९, खुल्ला सदस्यमा काङ्ग्रेसकै रामबहादुर सारुले ४  सय ३१ र अर्को खुल्ला सदस्यमा नेकपा एमालेका श्यामकुमार श्रेष्ठले चार सय ९८ मत प्राप्त गरी विजयी भएका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?