Close This

भानु –११ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार जोशी विजयी

दमौली : तनहुँको  भानु नगरपालिका –११  को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवार विमलराज जोशी विजयी भएका छन् ।

१ हजार ६३ मत प्राप्त गरी जोशी वडाध्यक्षमा विजयी भए भने उनका प्रतिस्पर्धी  नेपाली कांग्रेसका रबिन भुजेलले ९  सय १६  मत प्राप्त गरे ।

महिला सदस्यमा  स्वतन्त्र उम्मेदवार लाल मणि गुरुङले ९ सय १२ , दलित महिला सदस्यमा एमालेका अन्जु मजाकोटीले ७  सय ७४ , खुल्ला सदस्यमा एमालेकै अक्कल बहादुर गुरुङले ८  सय ७८ र राम प्रसाद अधिकारीले ९ सय २३ मत प्राप्त गरी विजयी भएका छन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?