Close This

शुक्लागण्डकीको प्रमुखमा पण्डित र उपप्रमुखमा वि.क विजयी

दमौली : तनहुँको शुक्लागण्डकी नगरपालिकामा प्रमुख र उपप्रमुख गठबन्धनका उम्मेदवार विजयी भएको छ । बुधबार साँझ सार्वजनिक अन्तिम मतपरिणाम अनुसार प्रमुखमा नेपाली काँग्रेसका कृष्णराज पण्डित र उपप्रमुखमा माओवादी केन्द्रका खुमबहादुर वि.क विजयी भएका हुन् ।

पण्डितले १२ हजार २सय ६३ मत प्राप्त गरी जीत हाँसिल गर्दा निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका मुक्तिनाथ तिम्सिनाले ९ हजार ८ सय ४० मत पाएका थिए ।

उपप्रमुखमा विजयी वि.कले १० हजार २ सय ६२ मत प्राप्त गर्दा एमालेकी फूलमाया वाग्लेले ९ हजार ९ सय ५७ मत पाएकी थिइन् । गत शनिबारबाट सुरु भएको मतगणना पाँचदिनमा आज सकिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?