दमौली : व्यास नगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेसको तर्फबाट प्रमुख पदका उमेदवार बैकुण्ठ न्यौपाने दोस्रो पटक पनि पुनः विजयी भएका छन्।
व्यास नगर प्रमुखमा बैकुण्ठ न्यौपानेले नेपाली काँग्रेसका तर्फबाट १२ हजार ७८ मत प्राप्त गरि विजय भए भने उनका प्रत्यासी स्वतन्त्र तर्फ कैँची चुनाव चिन्हका उमेदवार दिपक राज जोशीले ११ हजार ८ सय २६ मत ल्याई पराजय भए भने कुल २ सय ५२ मतको अन्तरमा बैकुण्ठ न्यौपाने दोस्रो पटक नगर प्रमुख पदमा विजयी भएका हुन्
यसैगरी ,उपमेयर पदमा नेपाली काँग्रेसकि उमेदवार इन्दिरा दरै विजय हुन सफल भएकि छिन ।
व्यास नगरपालिकाका १४ वटा वडाहरुमा क्रमश वडा व्यास- १को अध्यक्षमा नेपाली काँग्रेसका तर्फबाट रमेशचन्द्र हड्खले ,व्यास -२ को अध्यक्षमा नेपाली काँग्रेसको तर्फबाट काशीरााम श्रेष्ठ ,व्यास -३ को वडा अध्यक्ष पदमा नेपाली काँग्रेसका उमेदवार अनुप राना विजयी भएका छन् भने व्यास -४ को अध्यक्षमा नेकपा एमालेको तर्फबाट मनबहादुर गुरुङ विजयी भए ।
यस्तै व्यास – ५ को अध्यक्षमा नेकपा एमालेका विष्णुकुमार श्रेष्ठ (हिमाल), व्यास -६ को अध्यक्षमा नेपाली काँग्रेसका उमेदवार कुमार गुरुङ , व्यास -७ को अध्यक्षमा नेकपा एमालेको तर्फबाट कृष्ण न्यौपाने ,व्यास -८ को अध्यक्षमा नेपाली काँग्रेसको तर्फबाट युवराज गुरुङ विजयी भए भने व्यास -९ को अध्यक्षमा नेपाली काँग्रेसको तर्फबाट अध्यक्ष सुरेश थापाले विजय प्राप्त गरे ।
यसैगरी व्यास – १० को अध्यक्षमा नेपाली काँग्रेसको तर्फबाट अध्यक्षमा खेमराज पोख्रेल,व्यास -११ को अध्यक्षमा नेपाली काँग्रेसको तर्फबाट दलबहादुर दुरा , व्यास – १२को अध्यक्षमा नेपाली काँग्रेसकै तर्फबाट बमबहादुर आले, व्यास – १३ को अध्यक्षमा नेपाली काँग्रेसका तर्फबाट अध्यक्ष पदमा बसन्तबहादुर आले र ब्यास-१४को अध्यक्षमा काजिमान श्रेष्ठ नेपाली काँग्रेसको तर्फबाट विजयी बन्न सफल भएका छन् । .
ब्यास नगरपालिकाका १४ वटा वडाहरुमा कुल कुल खसेको मध्ये ३० हजार दुई सय ४७ खसको थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?