कांग्रेसले माग्यो कम मतले हारेका स्थानमा पुनः मतगणना

पोखरा: पोखरा महानगरपालिकामा वडा नम्बर १८ मा एमालेले ९ मत हराएको भन्दै पुनः गणनाको माग गरेपछि कांग्रेसले काउण्टर निवेदन दिएको छ । कांग्रेसले १ र १७ नम्बर वडामा पुनः गणनाको माग गरेको हो ।

वडा नम्बर १ की कांग्रेस उम्मेद्वार सीता गुरुङले आफु सहित सदस्य उम्मेद्वारलाई दवावमा पारेर आफ्नो प्रतिकुल हुनेगरी नतिजा सार्वजनिक गरिएको आरोप लगाउँदै पुनः गणनाको माग गरेकी हुन् । यहाँ एमालेका सहारा प्रधानले ४१ मत अन्तरले जितेका थिए ।

प्रधानले १ हजार १ सय ४५ र गुरुङले १ हजार १ सय ४ मत पाएका थिए ।

यस्तै, वडा नम्बर १७ का कांग्रेस उम्मेद्वार देवराज आचार्यले पनि पुनः गणनाको माग गरेका छन् । उही ढाँचामा उनले निवेदन बुझाएका हुन् । उनीहरु दुवैले पहिले भन्दा फरक गणक राख्न र निष्पक्ष रुपमा गणना गर्नुपर्ने माग राखेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?