दमौली : तनहुँको व्यास नगरपालिका-४ का नवनिर्वाचित अध्यक्ष मनबहादुर गुरुङले पदभार ग्रहण गरेका छन् । गुरुङले बुधबार वडा कार्यालयमा पदभार ग्रहण गरेका हुन् ।
सोही अवसरमा नवनिर्वाचित वडा सदस्यहरुले पनि पदभार ग्रहण गरेका छन् ।
गुरुङलाई निवर्तमान वडाध्यक्ष विश्वराज न्यौपाने, निवर्तमान वडा सदस्य एवं उपप्रमुख उम्मेदवार बसुन्धरा घर्ती लगायतले स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?