व्यास २ का वडाध्यक्ष काशीराम श्रेष्ठले पदभार सम्हाले

बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट भारी मतले बिजयी भएका व्यास नगरपालिका वडा नं २ का नवनिर्वाचित वडाध्यक्ष काशीराम श्रेष्ठले पदभार सम्हालेका छन् ।

वडाध्यक्ष श्रेष्ठले पदभार सम्हालेसंगै बिहीबारदेखि नै सेवाग्राहीकाे काम गर्न थालेका छन् । व्यास नगरपालिका वडा नं २ लाई नमुना वडा बनाउन तथा पहिलो कार्यकालमा अधुरो रहेका याेजना हरू पूरा गर्न आफ्नो दाेस्राे कार्यकाल खर्चिने अध्यक्ष श्रेष्ठले बताए ।

सबै राजनीतिक दल,टोलबासी , नागरिक समाज लगायतको सुझाब सल्लाह लिएर अघि बढ्ने भन्दै श्रेष्ठले बजारको फाेहाेरमैला र अब्यबस्थित बिजुलीको तारलाइ व्यवस्थित बनाउने तर्फ लाग्ने बताए । अध्यक्ष श्रेष्ठले सार्वजनिक जग्गा अतिक्रमण लाई राेक्ने र फिर्ता ल्याउने आफ्नो याेजना रहेको समेत बताएका थिए । वडा सचिव पम्फा बस्नेतको अध्यक्षतामा सम्पन्न स्वागत तथा सम्मान कार्यक्रममा पूर्व वडाध्यक्ष एवम् प्रजातान्त्रिक सेनानि माेतिकुमार श्रेष्ठले नयाँ जनप्रतिनिधि लाई निस्पक्ष रूपमा जनताको काम गर्न शुभकामना दिएका थिए । उक्त अवसरमा पुर्व जनप्रतिनिधि हरू लाई बिदाइ गरिएको थियो भने नयाँ जनप्रतिनिधि लाई स्वागत गरिएको थियो ।

कार्यक्रममा अध्यक्षका प्रत्यासि राजकुमार श्रेष्ठ राकुले अाफ्नाे एजेन्डा पनि समावेश गरि काम गर्न अनुरोध गरेका थिए । कार्यक्रममा टोलबासी,आमा समुह , कर्मचारी लगायतको उल्लेखनीय सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?