दमाैली : तनहुँको भानु नगरपालिका–१ भन्सार आसपास चितुवा देखिन थालेको छ । मङ्गलबार भन्सार हुँदै वेशीशहर जाँदै गरेका सर्वसाधारणले भन्सारमा चितुवा देखेका जनाएको छ ।
पछिल्लो केही वर्ष यता भानुमा चितुवाको आतङ्क बढी छ । चितुवाको आक्रमणबाट भानुका बालबालिकाले ज्यान गुमाएका छन् ।डिभिजन वन कार्यालय तनहुँले अहिले चितुवाले बच्चा हुर्काउने समय भएकाले सतर्क रहन आग्रह गरेको छ ।
डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले यो समयमा चितुवाले मानिसमाथि आक्रमण गर्न सक्ने सम्भावना बढी भएकाले सचेत रहनुपर्ने बताए ।
चितुवाले बालबालिकामाथि बढी आक्रमण गर्ने भएकाले साँझको समयमा बालबालिकालाई घरबाहिर एक्लै नछाड्न उनले आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?