
दमौली : २०५८ जेठ १९ गते साँझ नारायणहिटी राजदरवारभित्र तत्कालीन राजा वीरेन्द्रवीरविक्रम शाहको वंश विनाश भएको थियो । नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २१ वर्ष पूरा भएको छ ।
राजदरबार हत्याकाण्डमा राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, राजकुमार नीराजन, राजकुमारी श्रुतीसहितको हत्या भएको थियो ।
यो प्रकरण छानबिन गर्न तत्कालीन प्रधानन्यायाधीशको संयोजकत्वमा उच्चस्तरीय छानबिन समिति गठन गरिएको थियो । उक्त समितिले दीपेन्द्रले परिवारका सदस्यहरूलाई गोली हानी हत्या गरेको र पछि आफैंलाई गोली चलाएको प्रतिवेदन सार्वजनिक गरेको थियो । तर त्यसलाई आमजनताले विश्वास गरेका छैनन् ।
उच्च सुरक्षा घेराभित्रको राजदरबारमा भएको हत्याकाण्ड अहिले पनि रहस्यकै गर्भमा छ ।
उदार राजाको छवि बनाएका वीरेन्द्रको वंश विनाशपछि उनका माइला भाइ ज्ञानेन्द्र राजा बनेका थिए । तर अलोकप्रिय कदकाम कारण सिंगो राजतन्त्रको नै अवसान भयो ।
राजतन्त्रको अन्त्यपछि हत्याकाण्ड भएको स्थान नारायणहिटी दरबार संग्रहालयका रूपमा विकास गरेर सर्वसाधारण निम्ति खुला गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?