आँबुखैरेनी नजिक सडक भासिएको ठाउँमा भेटियो दुई शव

दमौली :  पृथ्वी राजमार्गअन्तर्गत मुग्लिङ-आँबुखैरेनी सडकखण्डस्थित साँखरमा सडक भासिएको ठाउँमा दुई शव फेला परेको छ।मर्स्याङ्दी नदी किनारामा आज बिहान शव फेला परेका हुन्।

दुवैको सनाखत हुन नसकेको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रहरी नायब निरीक्षक गोकर्ण नेपालले जानकारी दिए। पोखरा र चितवनबाट आएको गोताखोर टोलीले यहाँ खोजी कार्य जारी राखेका छन्।

जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले कार र मोटरसाइकल पहिरोमा परेको देखिएको बताए।मोटरसाइकल चालक भने सकुशल छन्।

कारमा कति मान्छे थिए भन्ने खुलेको छैन,’ उनले भने। घटनास्थलमा प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?