सडक भासिएको ठाउँमा यातायात एकतर्फी रुपमा सुचारु

दमौली :  पृथ्वीराजमार्ग भासिएर तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित पावर हाउस नजिक  अवरूद्ध भएको  राजमार्गको  एकतर्फी  सञ्चालनमा आएको छ ।

अवरुद्ध यातायात सुचारु गराउनका लागि सडक छेउको भित्ताडेढ मिटरसम्म भित्ता काटेपछि ससाना गाडी एकतर्फी सञ्चालनमा आएको हो ।

सडक अवरुद्ध हुँदा सर्वसाधारण मर्कामा परेको थियो  । आँबुखैरेनी हुँदै चितवन, काठमाडौँ जाने र पोखरातर्फ आउने सवारीसाधन रोकिएका थिए ।

सर्वसाधारणलाई भने सुरक्षितरूपमा पैदल हुँदै वारपार गराउने व्यवस्था मिलाइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?