पहिरो हटाएपछि नारायणगढ–मुग्लिन सडक खुल्यो

मुग्लिन :चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको तोपे खोलामा पहिरो खस्दा अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड खुलेको छ ।

बागमती ट्राफिक प्रहरी कार्यालयका प्रमुख सुशीलसिंह राठौरका अनुसार आज बिहान पौने ९ बजेतिर खसेको पहिरो हटाएपछि सडक खुलेको हो ।

बिहिबार पनि यहीँ गएको पहिरोका कारण सवारी साधन बीचबाटोमै रोकिएका थिए ।

रातभरको प्रयासमा पहिरो पन्छाएर सवारी साधनलाई पालैपालो गन्तव्यमा पठाइरहेको बेला शुक्रबार बिहान फेरि पहिरो खसेको थियो ।अहिले बाटो खुले पनि फेरि पहिरो खस्ने जोखिम कायमै रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?