शुक्लागण्डकीमा खोलाले बगाएरएकको मृत्यु

दमौली : शुक्लागण्डकी नगरपालिका–१० स्थित बामताङ खोलाले बगाएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लागण्डकी–१० कुखुरेखोला बस्ने ५० वर्षीया यामबहादुर विक रहेको जिल्ला  प्रहरी कार्यालय तनहुँले ले जनाएको छ ।

बगाएको स्थानदेखि सात सय मिटर तल घोप्टो अवस्थामा विकको शव फेला परेको प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए । उनका अनुसार प्रहरी घटनास्थलमा पुगिसकेको र मुचुल्का गर्ने कार्य भइरहेको छ ।

शुक्रबार राति घर जाने क्रममा बामताङ खोलामा आएको भेलले बगाउँदा बेपत्ता भएका विकको शव शनिबार बिहान फेला परेको   प्रहरी नायव उपरीक्षक खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?