पहिरोले अवरुद्ध नारायणगढ-मुग्लिन सडक खुल्यो

मुग्लिन : वर्षासँगै खसेको पहिरोले अवरुद्ध भएको नारायणगढ-मुग्लिन सडकखण्ड पुनःसञ्चालन भएको छ ।

शुक्रबार राति ९ः५ बजे चितवनको इच्छाकामना गाउँपालिका-६ तोपे खोलामा माथिबाट पहिरो खसी बाटो दुईतर्फी अवरुद्ध बनेको थियो ।

पहिरो हटाएर राति १ः३० बजेबाट नै सडक पुनःसञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?