तनहुँ भौतिक, पूर्वाधार, शहरी विकास तथा यातायात ब्यवस्था मन्त्रालय गण्डकी प्रदेश अन्तरगत यातायात ब्यवस्था कार्यालय तनहुँले असार १ गते बुधबारबाट जिल्लाको बन्दिपुर गाउँपालिका वडा नं. ४ को बिमलनगरबाट सेवा शुरु गरेको छ ।
यस अघि डुम्रेको चिसापानीबाट सेवा दिँदै आएको थियो । कार्यालयले यहि जेठ २५ गते बाटै सवारी साधनको दर्ता गर्न सुरु गरेको भएपनि हाल सम्म दर्ताका लागि सेवाग्राही नआएको यातायात व्यवस्था कार्यालय बिमलनगरका प्रमुख विष्णुबहादुर क्षेत्रीले जानकारी जानकारी दिए । त्यस्तै असार अन्तिम साता वा श्रावण १ गते देखि ट्रायल लिने र पास भएकाहरुलाई लाइसेन्स वितरण गर्ने तयारी समेत गरिएको छ ।
आगामी असार २० गते पछि अनलाईन फाराम भर्ने ब्यवस्था मिलाईने पनि उनले बताए । कार्यालयबाट दुई पाङ्ग्रे र चार पाँङ्ग्रे साना सवारीको ट्रायल लिने र पास भएकाहरुलाई लाइसेन्स वितरण गर्ने तयारी छ । लाईसेन्स नविकरण पनि सम्भव भए असारबाट नभए श्रावणबाट शुरु हुने जानकारी दिए । लाइसेन्सको वितरण, नवीकरण, बिलबुक नवीकरण सेवा सुरु भएपछि तनहुँ, लमजुङ, गोरखा, मनाङका बासिन्दाले पोखरा, चितवन र काठमाडौं धाउनु पर्ने बाध्यता हट्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?