बन्दिपुरमा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्द

दमौली :   पृथ्वीराजमार्ग सडक खण्ड अन्तर्गत तनहुँको  बन्दिपुर–५ याम्पा नजिक  खस्दा सडक अबरुद्व भएको छ । सडक अबरुद्व हुँदा सयौं सवारीसाधानहरु रोकिन पुगेको प्रहरीले जनाएको छ ।

डुम्रे प्रहरी चौकीको प्रहरी टोली घट्नास्थलतर्फ जाँदै गरेको यथार्थ बिवरण आइनसकेको तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।  बिहान पहिरा खस्दा सामान्य भएपनि अहिले ठुलो पहिरो खस्दा सवारी आवतजावतमा समस्या भएको स्थानीयबासीले बताएका छन् ।

बाढी पुर्वानुमान शाखाले आइतबार सूचना जारी गर्दै नदी आसपास क्षेत्रमा बस्ने मानिसहरुले सर्तकता अपनाउन अनुरोध गरेको छ ।

साँकेतिक तस्बीर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?