काठमाडौं : चर्चित सञ्चारकर्मी रवि लामिछानेले आज आफू राजनिितमा प्रबेश गरेको घोषणा गरेको छ । पत्रकारिता छोडेर राजनीतिमा आएका रवि लामिछानेले नयाँ दल खोलेका हुन् ।
उनले आफ्नो दलको नाम राष्ट्रिय स्वतन्त्र पार्टी राखेका छन्।
मंगलबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयजित घोषणा सभामा लामिछानेले नयाँ पार्टीको नाम घोषणा गरेका हुन्।
अहिलेका राजनीतिक दलहरूसँग कुराकानी गरेको भए पनि आफू तिनमा जान नसकेकाले नयाँ पार्टी खोलेको उनले बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?