आन्तरिक उडान रोक्ने निर्णय फिर्ता, ११ बजेदेखि उडान सुरु हुने

काठमाडौं : वायु सेवा सन्चालक संघले बुधबारदेखि उडान ठप्प पारेर आन्दोलनको घोषणा गरेका एयरलाइन्स कम्पनीले गए राति भएको वार्तापछि फिर्ता लिएको छ । हवाई सेवा कम्पनीहरुल आज बिहान ११ बजेबाट आन्तरिक उडानहरु नियमित हुने जानकारी दिएका छन् ।

बुद्ध एयरले ट्वीट गरेर बुधबार बिहान ११ बजेदेखि उडानहरु सुचारु हुने जानकारी दिएको छ ।

आज मध्याह्न पुनः वार्तामा बसी अन्य मागका विषयमा टुङगो लगाइने बताइएको छ। प्राधिकरणले यही असार ५ गते गरेको निर्णय फिर्तालिनुपर्ने माग गर्दै सङ्घले पत्रकार सम्मेलन गरेर उडान बन्द गर्ने चेतावनी दिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?