मगर सांस्कृतिक संघको अध्यक्षमा सर्जन थापा

दमाैली :  नेपाल मगर सांस्कृतिक संघ तनहुँको अध्यक्षमा सर्जन थापा मगर चयन भएका छन् । संघको दोस्रो जिल्ला अधिवेशनबाट थापालाई अध्यक्षतामा चयन गरेको हो ।

त्यस्तै संघको उपाध्यक्षमा बालकृष्ण आले, सचिवमा सिर्जना आले मगर, कोषाध्यक्षमा सिर्जना थापा मगर चयन भएका छन् ।

सदस्यहरुमा दानबहादुर आले, कुमारी थापा, सविता थापा, शम्भु थापा, पूर्णिमा थापा, देव थापा मगर, चेलीमाया थापा चयन भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?