
दमौली : आँबुखैरेनी गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७९/८० का लागि रु ६० करोड ५३ लाख ३३ हजारको अनुमानित बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाको शुक्रबार आयोजित सभामा उपाध्यक्ष दुर्गा अर्यालले उक्त अनुमानित बजेट प्रस्तुत गरेकी हुन् ।
कूल विनियोजितमध्ये चालुतर्फ रु ३४ करोड ४४ लाख र पुँजीगततर्फ रु २६ करोड २६ लाख विनियोजन गरिएको छ । आर्थिक विकासतर्फ रु आठ करोड ९० लाख, सामाजिक विकासतर्फ रु १९ करोड १९ लाख, पूर्वाधारतर्फ रु १८ करोड ३६ लाख, वन वातावरणतर्फ रु एक करोड ३६ लाख, सुशासनतर्फ रु दुई करोड ३२ लाख विनियोजन गरिएको छ ।
आयतर्फ सङ्घीय सरकार सशर्त अनुदानबाट रु १६ करोड १३ लाख, वित्तीय समानीकरणबाट रु दश करोड ५३ लाख, विशेष अनुदानबाट रु एक करोड ७० लाख, राजश्व बाडँफाँटबाट रु आठ करोड, प्रदेश सरकार अनुदानबाट रु एक करोड १६ लाख, सशर्त अनुदानबाट रु ४० लाख हुने अनुमान गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?