दमौली : शुक्लागण्डकी नगरपालिकाले आगामी आर्थिक वर्ष ०७९/८० का लागि रु एक अर्ब २२ करोड १६ लाख ३१ हजार आठ सय २० को अनुमानित बजेट प्रस्तुत गरेको छ । नगरपालिकामा शुक्रबार आयोजित ११ औं नगरसभामा उपप्रमुख खुमबहादुर विक (राजु) ले आगामी वर्षका लागि अनुमानित बजेट प्रस्तुत गरेका हुन् ।
समानीकरण अनुदान सङ्घबाट रु १६ करोड ३१ लख, राजश्व बाँडफाँट सङ्घबाट रु १२ करोड ९८ लाख ९० हजार, शशर्त अनुदान रु ४१ करोड नौ लाख, समानीकरण अनुदान प्रदेशबाट रु एक करोड ९९ लाख ८८ हजार, राजश्व बाँडफाँट प्रदेशबाट रु एक करोड ६४ लाख ६३ हजारहुने अनुमान गरिएको छ ।
प्रदेश समपुरक अनुदानबाट रु ७० लाख, आन्तरिक आयबाट रु १५ करोड ८२ लाख ५० हजार, सामाजिक सुरक्षा भत्ता अन्तरसरकारी अख्तियारीबाट रु २५ करोड, गरिबसँग विशेशवर कार्यक्रम अन्तर सरकारी अख्तियारीबाट रु छ लाख, घरजग्गा रजिष्ट्रेशन शुल्कबाट रु दुई करोड ९४ लाख ४० हजार आठ सय २०, जनसहभागिताबाट रु तीन करोड आय हुने अनुमान गरिएको छ ।
व्ययतर्फ विषयगततर्फ रु २४ करोड ९५ लाख ३१ हजार आठ सय २०, शशर्त अनुदानतर्फ रु ४१ करोड नौ लाख, हुने अनुमान गरिएको छ ।
प्रदेश समपुरकतर्फ रु ७० लाख, वडागत सिलिङ रु नौ करोड ७६ लाख, सडकबोडतर्फ रु ६० लाख, गरिबसँग विशेश्वरतर्फ रु छ लाख, चालुखर्चतर्फ रु १७ करोड, सामाजिक सुरक्षातर्फ रु २५ करोड, जनसहभागितातर्फ रु तीन करोड हुने अनुमान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?